काठमाण्डु – सरकारले सहुलियत दरमा नागरिकको उपचार गर्ने बताउँदै गर्दा निजी अस्पतालहरुले मनपरी ढंगले शुल्क निर्धारण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले कोरोना संक्रमित नागरिकको सहज पहुँचमा उपचार गर्ने बताएका थिए । तर, निजी अस्पतालहरुले आफूखुसी बिरामीको ढाड सेक्नेगरी शुल्क निर्धारण गरेका छन् ।
काठमाण्डु मेडिकल कलेज (केएमसी) सिनामंगलले कोरोना संक्रमितहरुको उपचारका लागि क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ ।
त्यस्तै ह्याम्स अस्पतालले कोरोना संक्रमित बिरामीलाई एउटा पत्र नै थमाएर उपचार शुल्क निर्धारण गरेको छ ।
ह्याम्सले जनरल वार्डको सात हजार, सेयरिङ रुपको १५ हजार, तीन वटा बेडका लागि ११ हजार, आइसोलेसन वा प्राइभेट रुमको २१ हजार, आइसोेलेशन डिलक्स रुमको २६ हजार, सुइट रुमको ५० हजार र आईसियू बेडको २२ हजार शुल्क निर्धारण गरेको छ ।
कोरोना संक्रमितको उपचारमा अस्पतालले नयाँ शुल्क तोकेकोप्रति सर्वसाधारणले आपत्ति जनाएका छन् । अस्पतालले मनलाग्दी शुल्क बढाएको भन्दै अहिले सामाजिक सञ्जालमा तिब्र आलोचना भइरहेको छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मौन देखिएको छ ।






प्रतिक्रिया