काठमाण्डु – नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या दिनहु बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा मात्र ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मको उच्च हो ।
१९ हजार ९ सय ८७ जनाको पिसिआर र ४ सय ९५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २९०९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट निको हुनेदर ७८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसारहालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ सय ७९ पुगेको छ ।




प्रतिक्रिया