काठमाण्डु – पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १९५३९ जनाको पीसीआर र २४४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै १४५ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २ सय ६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६६४८ जना संक्रमित डिस्चार्ज भएका छन् ।




प्रतिक्रिया