काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१८ हजार ९६५ जना पीसीआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा ७९१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ४७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै साही अवधिमा ७६६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १९३ संक्रमितको मृत्यु भएको छ ।
यस्तै काठमाण्डु उपत्यकामा २८२१ जनामा संक्रमण पुष्टी भएको उनले जानकारी दिए । जसअनुसार भक्तपुरमा ३६६, ललितपुरमा ६९४र काठमाण्डुमा १७६१ जनामा संक्रमण पुष्टि भएको छ ।




प्रतिक्रिया