घट्दै कोरोना ग्राफः ७४२५ मा संक्रमण पुष्टि हुँदा ७१३५ जना संक्रमण मुक्त

घट्दै कोरोना ग्राफः ७४२५ मा संक्रमण पुष्टि हुँदा ७१३५ जना संक्रमण मुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ८४६ जना पीसीआर र ६०७ जनाको एन्टीजेन परीक्षण गर्दा ७४२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै साही अवधिमा ७१३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८५ संक्रमितको मृत्यु भएको छ ।

नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ६५३१ पुगेको छ । अहिले १ लाख १५ हजार ४४७ जना संक्रमित आइसोलेसनमा छन् ।

आइतबार ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । १८ हजार ९६५ जना पीसीआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा ७९१४ जनामा संक्रमण पुष्टि भएको थियो ।