कोरोना संक्रमणदर घट्दैः ६७३१ मा संक्रमण पुष्टि हुँदा ७२२६ जना डिस्चार्ज

कोरोना संक्रमणदर घट्दैः ६७३१ मा संक्रमण पुष्टि हुँदा ७२२६ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै सोही समयमा देशभर ६ हजार ७ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार ७सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसंगै हालसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २सय २६ संक्रमित निको भएका छन् ।

योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ६हजार ९ सय ५१ पुगेको छ । अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् ।