नेपालमा मृत्युदर र कोरोना संक्रमितको संख्या घट्योः ९८४१ जना संक्रमित डिस्चार्ज

नेपालमा मृत्युदर र कोरोना संक्रमितको संख्या घट्योः ९८४१ जना संक्रमित डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै सोही समयमा देशभर ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२० हजार १ सय १० जनाको परीक्षण गर्दा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसंगै हालसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ संक्रमित निको भएका छन् ।

योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ७हजार ७० पुगेको छ । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् ।