काठमाण्डु – पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै पछिल्लो २४ घण्टामा ७२१९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको जनाएको छ । सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा १४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाण्डुमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जनामा संक्रमण पुष्टि भएको छ ।




प्रतिक्रिया