काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर र ७ हजार १२४ एन्टिजेन परीक्षणमा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ ।
साथै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार तीन सय ९ पुगेको छ । आज काठमाण्डु उपत्यकामा ८९८ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाण्डुमा ६०४, ललितपुरमा १८७ र भक्तपुरमा १०७ जना संक्रमित भेटिएका छन् ।




प्रतिक्रिया