मंगलबार १६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

मंगलबार १६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर र ३ हजार ९२३ एन्टिजेन परीक्षणमा १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर २ हजार ७२ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।