चीन र कोरियामा कोरोनाका बिरामी ह्वात्तै घटे, अमेरिका अग्र स्थानमा

चीन र कोरियामा कोरोनाका बिरामी ह्वात्तै घटे, अमेरिका अग्र स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका विभिन्न देशमा गरी ६ लाख कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख कोरोना सङ्क्रमित निको भएका छन् ।

१५ लाख ७१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५५ हजारभन्दा धेरैको अवस्था गम्भीर रहेको र बाँकी १५ लाख १६ हजारको अवस्था सामान्य अवस्थामा रहेको वल्डोमिटरले जनाएको छ ।

सङ्क्रमणका कारण अहिलेसम्म एक लाख ६० हजारभन्दा धेरैको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै ३९ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा सात लाख ३८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै र बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै भारतमा पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ भने १६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

चीन र कोरियामा संक्रमित घटे

चीन र दक्षिण कोरियामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार १६ जना नयाँ संक्रमित फेला परेको जनाएको छ । यो संख्या मार्च १७ यताकै कम हो ।

आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसको कारण कसैको पनि मृत्यु भएको छैन । चीनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८२ हजार सात सय ३५ पुगेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३२ पुगेको छ ।

त्यस्तै दक्षिण कोरियामा पनि आइतबार संक्रमितको संख्या एक अंकले बढेको छ । दुई महिनामा पहिलोपटक दक्षिण कोरियामा नयाँ संक्रमितको संख्या एक अंकमा झरेको हो । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा केवल आठजना नयाँ संक्रमित फेला परेका थिए । साथै, दुईजनाको यो भाइरसको कारण मृत्यु भएको थियो । यससँगै दक्षिण कोरियामा समग्र संक्रमितको संख्या १० हजार ६ सय ६१ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि दुई सय ३४ पुगेको छ ।