काठमाडौं – डिसेम्बरको अन्त्य सुरु भएको मानिएको कोरोना हाल विश्वका १५७ मुलुकमा विस्तार भइसकेको छ । यसालई विश्व स्वास्थ्य संगठनले पनि महामारीको रुप दिइसकेको छ ।
यसको नियन्त्रणको प्रयासमा विश्वनै जुटेको छ । यद्यपी यस बिरुद्धको खोपकोप पहिलो परीक्षण भने अमेरिकामा सुरु हुने भएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् ।
खोपको परीक्षण अमेरिकाको सीयाटलमा आज सोमबार हुने कार्यक्रम रहेको छ । यीस्वयंसेवीहरूले संक्रमित नभएपनि खोपका विभिन्न मात्रा लिने उल्लेख गरिएको बीबीसीले जनाएको छ । उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (आरएइनएन) को सानो भाग भएको बताइएको छ ।
बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ । पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ ।
परीक्षण गर्न लागिएको खोपलाई एमआरएनए–१२७३ नाम दिइएको छ । यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको हो । त्यो नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।




प्रतिक्रिया