काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार, निदान, नियन्त्रण अभियानका खाटिएका सबै स्वाथ्यकर्मी र सुरक्षाकर्मीलाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उपचार प्रक्रियामा संलग्न सबैलाई आरडीटी परीक्षणका लागि आग्रह गरेको हो । यस्तै, चैत महिनामा विदेशबाट आएका सबैलाई उक्त परीक्षणका लागि आग्रह गरेको छ ।
सूचना अनुसार कोभिड पोजेटिभको सम्पर्कमा आएका, लक्षण देखिएको व्यक्ति र उनीहरुको सम्पर्कमा आएका सबैलाई पनि आरडीटी परीक्षणका लागि आग्रह गरेको छ ।
यस्तै, १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैलाई परीक्षणका लागि मन्त्रालयले आग्रह गरेको छ ।





प्रतिक्रिया