हेटौंडाका एकसहित बाग्लुङमा ६ जना कोरोना संक्रमित थपिए

हेटौंडाका एकसहित बाग्लुङमा ६ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बाग्लुङमा भारतबाट आएका ६ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । जिल्लाको बडिगाड र तमानखोलाका वासिन्दा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदै गरिएको प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूले जानकारी दिए । त्यस्तै हेटौंडामा एक जनालाई कोरोना संक्रमण भएको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ चौकी टोलकी एकजना महिलामा कोरोना संक्रमण भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ । अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको हो ।