बागलुङमा एक जनामा कोरोना संक्रमण, पुनः परीक्षणका लागि काठमाडौं पठाउने तयारी

बागलुङमा एक जनामा कोरोना संक्रमण, पुनः परीक्षणका लागि काठमाडौं पठाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बागलुङमा थप एक जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यस अघि दुई जनामा कोरोना भाइरस देखिएको थियो । केही दिन अगाडि भारतबाट आएकी ति महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का पोजेटिभ देखिएको हो ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारी छ ।