भोजपुरमा साउदीबाट आएका युवामा देखियो कोरोना

भोजपुरमा साउदीबाट आएका युवामा देखियो कोरोना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा एक जना कोरोना संक्रमित फेला परेका छन् । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज (मंगलबार) आरडीटीबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

गत २०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ ।

उनको स्वाब बुधबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने कार्यालयले जनाएको छ ।