कोरोनाबाट बच्न विराटनगरमा गाउँ नै लकडाउन !

कोरोनाबाट बच्न विराटनगरमा गाउँ नै लकडाउन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विश्वव्यापी कारोनाको महामारी भइरहेका बेला मोरङको बुढीगंगा गाउँपालिका–१ पनि कोरोनाविरुद्ध सचेत बनेको छ । गाउँपालिका–१ खद्रापुलका स्थानीयले ढाँट लगाएर गाउँलाई लकडाउन गरेका छन् ।

लालीगुरास टोलसुधार समुहले बुधबार विराटनगरको पूष्पलाल चोक हुँदै टंकीसिनुवारी निस्क्निे भित्री सडकमा बाँस तेर्स्याएर टोल प्रवेशमा रोक लगाएका हुन् ।

टोलसुधार समितिले अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको बोर्ड टाँसेका छन् । पुलमा ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ ।

टोल समितिको व्यानरमा कोरोनाबाट आफुलाई पनि बचाउन र अरुलाई पनि बचाउन आग्रह गरिएको छ ।