वीरगञ्जमा चार जना स्वास्थ्यकर्मीसहित ५३ जना कोरोना संक्रमित थपिए

वीरगञ्जमा चार जना स्वास्थ्यकर्मीसहित ५३ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – वीरगञ्जमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चार जना स्वास्थ्यकर्मीसहित ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले संक्रमितमध्ये ५० जना पर्सा जिल्लाका र तीन जना बाराका रहेको बताए ।

त्यस्तै नारायणी अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।