पछिल्लो २४ घण्टामा १ सय ५२ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा १ सय ५२ जना कोरोना सङ्क्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५२ जना सङ्क्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म २२ लाख ७५ हजार ५४० वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट ६५ जना सङ्क्रमित निको भई घर फर्केको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७२ हजार ८५१जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।