कोरोनाले चीनको प्रदूषणमा २५ प्रतिशत कमी

कोरोनाले चीनको प्रदूषणमा २५ प्रतिशत कमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीन एकातिर कोरोना भाइरसको कहरबाट जुझिरहेको छ भने अर्का्तिर फेब्रुअरीको पहिलो सातादेख हालसम्म कार्बन डाइअक्साइड उत्सर्जनमा २५ प्रतिशत सम्म गिरावट आएको छ । सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लीन एयर (क्रिया)को समीक्षामा यो खुलासा भएको हो । अमेरिका ताथ युरोपमा कोभिड–१९ पैmलनाले विश्वव्यापी तेलको माग तथा एयरलायन्सको क्षमतामा धेरै हदसम्म गिरावट आएको छ ।

रिपोर्ट अनुसार चीनमा सीओटु उत्सर्जनमा कमीका कारण बिजुली बनाउने प्लान्ट्समा ३६ प्रतिशत कोइलाको खपतमा गिरावट आएको छ । यसका अतिरिक्त सबैभन्दा ठूलो कोइला बन्दर्गार्हामा २९ प्रतिशतको गिरावट आएको छ । कोइला प्रशोधन प्रयोग क्षमतामा ३४ प्रतिशतको कमी आएको छ भने प्रमुख औद्योगिक क्षेत्रमा उत्पादन सोही अवधिमा १५ प्रतिशतदेखि ४० प्रतिशतसम्म घटेको छ ।

प्रत्येक वर्ष फेब्रुअरीमा चिनियाँ नयाँ वर्षको अवधिमा चीनले ठूला संस्थान, निर्माण साइट एक साताका लागि बन्द गर्दै आएको थियो । यसले उर्जा खपतमा कमी आउने विश्वास चीनको रहेको छ । तर यस वर्ष उर्जाको उपयोगमा गिरावटको अवधि लम्बिएको छ र यो सुधार हुने स्थितिमा देखिएको छैन । कोरोनाभाइरसका कारण चीनमा ३ हजार मानिसको मृत्यु भइसकेको छ ।

प्रदूषण्को निगरानी गर्दै आएको नासा र युरोपेली अन्तरिक्ष एजेन्सीको स्याटलाइटबाट नाइट्रोजन डाइअक्साइडको उत्सर्जनमा १० देखि २५ फेब्रुअरीको अवधिमा व्यापक गिरावट आएको देखिएको छ । नासा अर्थ अब्जर्भेटरीले भनेको छ,‘यो कुराको प्रमाण यो छ कि यो परिवर्तन आंशिक रुपमा कोरोनाभाइरसको प्रकोपपछि देखिएको आर्थिक मन्दीसँग सम्बन्धित छ ।’

नासाको नक्सा अनुसार एनओटुको मूल्यमा चीनमा १–२० जनवरी २०२० तथा १०–२५ फेब्रुअरीसम्म तीव्र दरमा गिरावट आएको छ । क्रियाको रिपोर्ट अनुसार एनओटु प्रदूषणमा गिरावट सबैभन्दा पहिले वुहानमा रेकर्ड गरिएको गियो । वुहानबाटनै कोरोनाको प्रकोष विश्वभरी पैmलिएको थियो ।

संयुक्त अधिराज्यको भ्रमण आंकडा जानकारी गराउने संस्था ओएजीका अनुसार गत वर्षको तुलनामा यस पटक जनवरीदेखि अप्रिलकाबीच विश्वव्यापी सेड्यूल्ड एरलायन्स क्षमता ४ करोड ८ लाख सीट कम रहेको छ ।

अन्तर्रा्ष्ट्रिय उर्जा एजेन्सीको फेब्रुअरीको तेल बजार रिपोर्टका अनुसार चिनियाँ अर्थव्यवस्था बन्द भएका कारण विश्वव्यापी तेलको मागमा ठूलै झट्का लागेको छ । १० वर्षमा पहिलो पटक माग ओरालो लाग्ने अपेक्षा गरिएको छ ।