चितवनमा कोरोना आशंकामा आइसोलेसनमा उपचाररत युवकको मृत्यु

चितवनमा कोरोना आशंकामा आइसोलेसनमा उपचाररत युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुरमा उपचाररत एक जना युवकको संकास्पद मृत्यु भएको छ । उनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा कोरोना आशंकामा आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका युवकको मृत्यु भएको हो । भरतपुर महानगरकी मेयर रेणु दाहालले वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको पुष्टी गरेकी छन् ।

मेयर दाहालले उनी लामो समयदेखि मिर्गौलाको बिरामी भएको जानकारी दिइन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र निमोनिया देखिएपछि चितवन मेडिकल कलेजले कोरोना अस्पताल रिफर गरेको जानकारी दिइन् ।

उनको किड्नी ठिक भएको र निमोनिया भएर कोभिड अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको थियो । मेयर दाहालले उनको स्वाबको नमुना सोमबार नै काठमाडौं पठाइएको जानकारी दिइन् । रिपोर्ट नआउन्जेलसम्म लासलाई सोही स्थानमा राख्ने मेयर दाहालले काठमाडौंपाटीलाई बताइन् ।