कोरोना भाइरसको चेतावनी दिने पूर्व नेभी कमाण्डर पनि ‘पोजिटिभ’

कोरोना भाइरसको चेतावनी दिने पूर्व नेभी कमाण्डर पनि ‘पोजिटिभ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – गत साता यूएसएस थियोडोर रुजभेल्टको कमाण्डबाट हटाइएका नेभी क्याप्टेनलाई पनि कोरोनाभाइरस पोजिटिभ पाइएको छ ।

उनले सदस्यहरुलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउनका लागि सतर्क हुनु आवश्यक भएको बताएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

क्याप्टेन ब्रेट क्रोजिअरमा उनलाई बिहीबार युद्धपोतबाट हटाउनु अगाडिनै लक्षण देखिएको पत्रिकाले जनाएको छ ।

सीएनएनले टिप्पणीका लागि सम्पर्क गरेकोमा नेभीका प्रवक्ताले क्रोजिअरको अवस्था बारे बताउन अस्वीकार गरेका छन् ।

गत साता उनलाई अमेरिकी नेभी सेक्रेटरी थोमस मोडलीले कमाण्डबाट मुक्त गरेका थिए । युद्धपोतमा कोरोना भएको सार्वजनिक गर्ने उनको निर्णय गलत भएको भन्दै उनलाई पदमुक्त गरिएको थियो ।