काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा कार्यरत १५ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार १ सय ८० जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीले जानकारी दिए ।
गत बिहिबार एक प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछि प्रमुख आयुक्तसहित उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।
थप संक्रमितको कन्ट्याक ट्रेसिङ सुरु गरिएको अख्तियारले जनाएको छ ।




प्रतिक्रिया