भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालगन्ज रहेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।