भारतमा एकैदिन ८७१ जना कोरोना संक्रमितको मृत्यु

भारतमा एकैदिन ८७१ जना कोरोना संक्रमितको मृत्यु


काठमाण्डु- भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्म कै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ लाख ३५ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ पुगेको छ ।