काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ । आज १७० जना संक्रमित थपिएर १२१२ जना संक्रमित पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २०६ जना डिस्चार्ज भएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जना, सप्तरीका ५, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजिटिभ देखिएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजिटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजिटिभ देखिएको छ ।




प्रतिक्रिया