क्वारेन्टाइनमा मृत्यु भएकी वृद्धाको कोरोना रिपोर्ट नेगेटिभ


जुम्ला – जुम्लाको क्‍वारेन्टाइनमा मृत्यु भएकी ६५ वर्षीया वृद्धाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको छ ।

चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्‍वारेन्टाइनमा बसेकी वृद्धाको बिहीबार राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement