काठमाडौं – अर्घाखाँचीमा क्वारेन्टाइनमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ । जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको हो ।
उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।
स्वासप्रस्वासको समस्या भएपछि बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्युको कारण खुलाएको छैन् ।




प्रतिक्रिया