काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । बुधबार बिहान बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको हो ।
कोरोना संक्रमित ति महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।
ति महिलाको मृत्यु हुनुभन्दा करिब २ घण्टाअघि स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । निमोनिया, मिर्गौला र दम रोगले ग्रस्त ती महिला जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन् ।




प्रतिक्रिया