कैलालीमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु

कैलालीमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु


काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कैलालीमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

निमोनिया भएका पुरुषको सेती प्रादेशिक अस्पताल र टाउकोमा चोट लागेकी महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

 ४६ बर्षीय पुरुष भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर बिभिन्न स्थानमा पु¥याउने क्रममा संक्रमित भएका थिए ।