नेपालमा थपिए ४२१ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

नेपालमा थपिए ४२१ जना कोरोना संक्रमित, एक जनाको मृत्यु


काठमाडौं – नेपालमा थप ४२१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ जना पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या १७७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । उनको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन भएको बताए । कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

हालसम्म १ लाख ७५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ ।