बझाङमा दाहसंस्कार गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि, मलामीमा कोरोनाको आशंका

बझाङमा दाहसंस्कार गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि, मलामीमा कोरोनाको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका–३, का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बझाङकाअनुसार साउन ९ गते मृत्यु भएका ती पुरुषको साउन १२ गते मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

असार २४ गते भारतको बेंग्लोरबाट नेपाल फर्किएका उनी १४ दिन क्वारेन्टिमा बसेर साउन ६ गते घर फर्किएका थिए ।

घर गएको तीन दिनपछि नै उनको मृत्यु भएपछि कोरोना संक्रमणको शंका लागेर स्वाब परीक्षण गरिएको थियो । उनको दाहसंस्कारसमेत भइसकेको छ ।

दाहसंस्कारमा सहभागी भएका सबैमा कोरोना संक्रमण आंशका गरिएको छ । उनीहरुको स्वाब परीक्षणको तयारी भईरहेको छ ।