काठमाण्डु – नेपालमा थप दुई जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । आज काठमाण्डु र वीरगञ्जमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
बुधबार राती चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया