पाटन र किस्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

पाटन र किस्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बिहान ललितपुरको किस्ट अस्पताल र पाटन अस्पतालमा उपचाररत एक-एक जनाको मृत्यु भएको हो ।

किस्ट अस्पतालमा उपचाररत ७८ वर्षीया महिलामा ज्वरो, पखाला र वान्ता हुने गरेको थियो । काठमाण्डुको टेकु घर भएकी ती महिलाको मंगलबार राती करिब १ बजे मृत्यु भएको हो ।

त्यस्तै पाटन अस्पतालमा उपचाररत २८ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । उनी जनकपुरकी स्थायी बासिन्दा हुन । संक्रमित महिला साउन १८ गते अस्पताल भर्ना भएकी थिइन् ।