काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगर तिनपइनीकी ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
न्युरो अस्पताल विराटनगरबाट रिफर भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । अत्याधिक ज्वरो श्वास फेर्न समस्या आएपछि उनलाई शनिवार राती ११ः५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उनलाई उच्च ज्वरो, खोकी, श्वास–प्रश्वासमा समस्या भएको कारण न्युरोले प्रतिष्ठानमा रिफर गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले दिएको जानकारीअनुसार कोभिड– १९ अस्पतालमा भर्ना भएको एक घन्टामै उनको मृत्यु भएको थियो । उनलाई फोक्सो तथा थाइराइडको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।




प्रतिक्रिया