काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बुधबार कोरोनाबाट काठमाण्डु महानगरपापलिका ९४ वर्षीय वृद्धको मृत्यु भएको हो ।
निमोनियाले ग्रसित ति वृद्धको मृत्युपछि भदौ २ गते स्वाव संकलन गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले निधन भएका वृद्धको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने बताए ।




प्रतिक्रिया