कोरोना संक्राणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

कोरोना संक्राणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । आइतबार पर्सामा थप एक जना संक्रमितको मृत्यु भएको हो ।

गत शनिबार कोरोना संक्रमण पुष्टि भएकी ७० वर्षीया महिलाको आइतबार उपचारका क्रममा मृत्यु भएको हो ।

पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाहीकी वृद्धा क्षयरोगबाट पीडित थिइन् । यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।