बुटवल – रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका – ४ की ६८ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् ।
गत भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएकी ति वृद्धा अस्पताल जान मानिन् र घरमै बस्दै आएकी थिइन् । उनको आइतबार राती मृत्यु भएको हो । उनी सुगर र उच्च रक्तचापबाट पीडित रहेको बताइएको छ ।




प्रतिक्रिया