काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान रुपन्देहीका तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृतकमध्ये बुटवल उपमहानगरपालिकाका एक जना र सिद्धार्थनगर नगरपालिकाका दुई जना रहेका छन् । शुक्रबार बिहान सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मिर्गौलाका बिरामी रहेका उनको घरमै मृत्यु भएको हो ।
त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत ६४ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।




प्रतिक्रिया