कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुनसरी, विराटनगर र नेपालगञ्जमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनबर्षी नगरपालिकाकी ७ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि कोभिड भएर वीपीमा रिफर गरिएको थियो ।

त्यस्तै विराटनगरका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको अस्पताल भर्ना गरिएको केहीबेरमा नै मृत्यु भएको हो ।

त्यसैगरी बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका– १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरे । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।