रुपन्देहीमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः ५० बजे मृत्यु भएको हो ।

यही असोज ११ गते कोरोना पोजेटिभ देखिए पनि सास फेर्न समस्या भएपछि असोज १३ गते साँझ अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।