काठमाडौं – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् ।
सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको छ । उनको हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
वैशाख ३० गते भारतबाट आएका २५ वर्षीय ती युवा नरैनापुरको दीपेन्द्र माविमा क्वारेन्टाइनमा बस्दै आएका थिए । तर, आइतबार बिहान उनको क्वारेन्टाइनमा मृत्यु भएको थियो । उनको शव व्यवस्थापनका लागि टोली क्वारेन्टाइनस्थल पुगिसकेको छ ।




प्रतिक्रिया