मोरङमा अस्पतालका सञ्चालकसहित चार जना कोरोना संक्रमितको मृत्यु

मोरङमा अस्पतालका सञ्चालकसहित चार जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । कोरोनाबाट मोरङ हस्पिटलका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो ।

पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय उनको न्यूरो अस्पतालम ाउपचार भइरहेको थियो ।

यस्तै, नोबेल अस्पतालमा ६६ वर्षका दुई जना वृद्धको मृत्यु भएको छ । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि उनीहरु अस्पताल भर्ना भएका थिए ।

साथै, कोसी अञ्चल अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर–२ की ६० वर्षीया महिलाको सोमबार बिहान ४ बजे मृत्यु भएको हो ।