रुपन्देहीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोटका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

पेशाले शिक्षक रहेका संक्रमितको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यसअघि सिन्धुपाल्चोककी महिला र बाँकेका एक युवकको मृत्यु भइसकेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।