देशभर २८१७ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

देशभर २८१७ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८ सय १२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार एक सय ११ पिसिआर परीक्षण गरिएको छ । हालसम्म १५ लाख ५४ हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा २९ हजार १ सय ९७ रहेका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा एक हजार पाँच सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाण्डुमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।