६ महिनापछि २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य !

६ महिनापछि २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन । ६ महिनापछि २४ घण्टामा कोरोनाबाट हुने मृत्युदर शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि साउन ४, ५ र ८ गतेसम्म कोरोनाबाट कसैको मृत्यु भएको थिएन ।

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टाइनमा र २०३ जना आइसोलेशनमा छन् ।