पहिलो डोज खोप लगाएका वडाध्यक्षको कोरोना संक्रमणबाट निधन

पहिलो डोज खोप लगाएका वडाध्यक्षको कोरोना संक्रमणबाट निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उपमहानगरका प्रवक्त रामप्रसाद रेग्मीका अनुसार उनको आज बिहान ८ बजे उपचारका क्रममा काठमाण्डुको ह्याम्स अस्पतालमा मृत्यु भएको हो । वडाध्यक्ष आचार्यले कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाएका थिए ।

गत असार १० गते कोरोना संक्रमण पुष्टिभएपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाण्डु ल्याइएको थियो ।