काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका– १२ का ४२ वर्षीय पुरूषको मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन पुरुषको मंगलबार बिहान मृत्यु भएको हो ।
साउन २७ गते टिपर दुर्घटनामा घाइते भएका ती पुरुष निमोनियाबाट पीडित थिए । उनमा उपचारको क्रममा भदौ ५ गते नै कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया