काठमाडौं – कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाले जन्माएको शिशुमा कोरोना भाइरस नेगेटिभ आएको छ ।
धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १३ दिने शिशुसहित मृतकका श्रीमान, आमा र बहिनीको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।
नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी भएको डा. ताम्राकारले जानकारी दिए ।
गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा सुत्केरी भएकी महिला सिन्धुपाल्चोकस्थित आफ्नै घर गएकी थिइन् । स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।




प्रतिक्रिया