भरतपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयूमा भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय वृद्धको मृत्यु भएको हो ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।